आजको मौसमः कहाँ कस्तो रहला?

आजको मौसमः कहाँ कस्तो रहला?

देशभर शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ।

बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसमविदले बताएका छन्।अहिले बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ ।