लकडाउनका कारण ६० वर्षको उमेरमा जागिर गुमाएका ब्यक्तिले यस्तो भिडियो सार्वजनिक गरेपछि लाग्यो जागिरको ओइरो

लकडाउनका कारण ६० वर्षको उमेरमा जागिर गुमाएका ब्यक्तिले यस्तो भिडियो सार्वजनिक गरेपछि लाग्यो जागिरको ओइरो

काठमाडौ । एक जना मानिसको लकडाउनका कारण लामो समय देखि गर्दै आएको जागिर गुम्यो । जागिर गुमेका ६० वर्षका यि पुरुषलाई जिवन यापन गर्न निकै कठिन भयो । उनी एक पूर्व कार्यकार अधिकारीह ुन् । उमेर बढी भएका कारण उनले जागिर पनि पाएका थिएनन् । तर एउटा यस्तो भिडियो उनले सामाजिक सञ्जालमा राखे त्यसपछि उनलाई जागिरको ओइरो लाग्यो ।

स्कटल्याण्डमा जन्मिएका ६० वर्षका पाल मार्क्सले यस्तो अनौठो उपाय अपनाएका हुन् । ६० वर्षको उमेरमा पनि आफु शारिरीक रुपमा निकै फिट छु भन्ने देखाउने उनले सोसल मिडियामा पुशअप गरेको भिडियो सेयर गरे । त्यसपछि उनको पछाडि जागिरको लाइन लाग्यो ।

पश्चिमी बेलायतको लंकाशायरमा बस्ने पल मार्क्स पाँच महिना अघिसम्म पनि दुबईको क्रियोल ग्रुपका मुख्य सञ्चालन प्रबन्धनको पदमा कार्यरत थिए । तर लकडाउनका कारण उनको रोजगारी गुम्यो । त्यसपछि मार्क्सले दुबई, बेलायत, स्पेनजस्ता देशमा जागिरको आवेदन दिए । तर उमेरका कारण उनले काम पाएनन् । अनि उनले यस्तो उपाय अपनाएका हुन्। सुटवुट लगाएर पुशअप गरेको भिडियो तत्काल सामाजिक सञ्जालमा भाइरल भयो । अनि उनलाई जागिरको थुप्रै अफर आयो ।

मार्क्सले आफू दैनिक ५० पुशअप र हप्तामा ३० किलोमिटर दौडने गरेको बताए । उनका अनुसार उमेर कहिले पनि क्षमता वा उत्पादनशिलता मापन गर्ने माध्यम हुन सक्दैन र ६० वर्ष नाघेपछि सबैले पत्रिका पढेर वा टिभी हेरेर नै आफ्नो दिन बिताउनुपर्छ भन्ने कुरामा पनि उनी विश्वास राख्दैनन् । थुप्रै अफिसले उनलाई जागिरको प्रस्ताव दिए जबकी भिडियो राख्नुअघि ५० भन्दा बढी कम्पनीले उनको सिभी अस्विकार गरेका थिए ।