यी हुन् विश्वकी सबैभन्दा लामो खुट्टा भएकी युवती, हाइट कति ?

यी हुन् विश्वकी सबैभन्दा लामो खुट्टा भएकी युवती, हाइट कति ?

विश्वमा केहि त्यस्ता मानिसहरु छन्, जसलाई प्रकृतिले नै अनौठो उपहार दिएको छ । यस्तै एक महिला छिन्, जसले आफ्नो लामो खुट्टाका कारण चर्चा कमाएकी छन् । उनको नाम म्याकी क्यूरिन रहेको छ ।

उनको हाइट ६ फीट १० इन्च रहेको छ । संयुक्त राज्य अमेरिकामा बस्ने १७ वर्षीया उनी संसारकै सबैभन्दा लामो खुट्टा भएकी महिला हुन् । हाल उनको नाम गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा दर्ता भएको छ । रेकर्डका अनुसार उनको बायाँ खुट्टाको लम्बाई १३५.२६७ सेमी (५३.२५५ इन्च) रहेको छ ।

त्यस्तै दायाँ खुट्टाको लम्बाई १३४.३ सेमी (५२.८७४ इन्च) रहेको छ ।टेक्सासको सीडर पार्कमा बस्ने उनका पिताले छोरी ने परिवारमा सबैभन्दा अगलो भएको बताएका छन् । उनको उचाई भाई वा बहिनीहरुसँग मेल खाँदैन ।