के तपाई पत्याउनु हुन्छ, अहिलेको यो सुचना प्रविधिको युगमा कोहि मान्छे मोबाइल नचलाएर बस्न सक्छ होला। प्रायःजसो मानिस मोबायलको लत छुटाउन धेरै प्रयास गर्छन तर सक्दैन्न।
तर कोकाकोलाको ब्राण्ड भिटामिनवाटरले १ वर्षसम्म मोबाइलबाट टाढा रहने मानिसका लागि १० हजार डलरको पुरस्कार योजना ल्याएको छ। यो योजनामा भाग लिनका लागि मानिसले एक वर्षसम्म मोबाइल प्रयोग गर्न पाउने छैनन ।
यसमा पुरस्कार पाउनको लागि लाई–डिटेक्टर टेस्टमा पास हुनुपर्ने छ । जसमा मोबाइल फोन प्रयोग गरेको वा नगरेको भन्ने कुरा थाहा पाउन सकिन्छ । यो प्रतियोगितामा भाग लिने मानिसलाई १९९६ को सेलुलर टेलिफोन प्रयोग गर्नका लागि दिइन्छ । यस योजनामा भाग लिनका लागि समाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्रामको माध्यमबाट ह्यासट्याग ुनो फोन फर क इयरु र कन्टेस्टको प्रयोग गरी निवेदन दिन सकिने छ। साथै कम्पनीलाई स्मार्टफोन किन त्याग्न खोजेको र यसबाट बचेको समय के मा खर्च गर्ने भन्ने कुराको जानकारी पनि गराउनुपर्ने हुन्छ ।
भिटामिनवाटरका अनुसार आगामी जनवरी ८ भन्दा पहिला या योजनामा सहभागी हुनको लागि आवेदन दिनुपर्ने छ । छनोट भएका मानिसहरुलाई कम्पनीले सम्पर्क गर्नेछ । यसका लागि कम्पनीसँग एक सम्झौता गर्नुपर्ने हुन्छ । जसमा एक वर्षसम्म स्मार्टफोनको प्रयोग नगर्ने प्रतिबद्धता गर्नुपर्ने हुन्छ । यो अवधिमा मानिसहरुले ल्यापटप तथा डेस्कटपको प्रयोग भने गर्न सक्नेछन।