मानिसको छालामा कति घण्टासम्म जीवित रहन्छ कोरोना भाइरस ?

मानिसको छालामा कति घण्टासम्म जीवित रहन्छ कोरोना भाइरस ?

कोरोना भाइरस मानिसको छालामा ९ घण्टासम्म जीवित रहन सक्छ । ल्याबमा भएको प्रयोगमा यो साबित भएको हो ।इन्फ्लूएन्जा एको तुलनामा कोरोना भाइरस ४ गुणा धेरै समयसम्म जीवित रहन सक्ने वैज्ञानिकले बताएका छन् ।

यो दाबी जापानको क्योटो प्रीफेक्चरल यूनिभर्सिटी अफ मेडिसिनले आफ्नो रिसर्चमा गरेको हो । भाइरस यति धेरै समयसम्म कसरी छालामा जीवित रहन सक्छ ? यसको कारण भने अहिलेसम्म थाहा भएको छैन ।

रिसर्चले छालामा भाइरस धेरै समयसम्म रहनाले खतरा बढ्ने बताएको छ । त्यसैले साबुनले हातलाई २० सेकेण्डसम्म धुनुपर्छ । रिसर्चका लागि फरेस्टिक अप्टोसीको माध्यमबाट मानिसको छालाको नमूना लिइएको थियो ।

स्किनको कोशिकाहरुहरुलाई कोरोना भाइरस र इन्फ्लूएन्जासँग मिक्स गरिएको थियो । रिसर्चमा स्किनमा फ्लूको भाइरस १.८ घण्टासम्म जीवित रहने पत्ता लागेको हो । त्यस्तै कोरोना भाइरस भने ९ घण्टासम्म जीवित रहन्छ ।