कंचनपुरमा मदिरा सेवन गरि हो-हल्ला गर्ने १५ जना पक्राउ

कंचनपुरमा मदिरा सेवन गरि हो-हल्ला गर्ने १५ जना पक्राउ

असोज २४,कंचनपुर । 
कंचनपुरमा मदिरा सेवन गरि हो-हल्ला गर्ने १५ जना पक्राउ परेका छ्न । शुक्रवार राती २ वजे मदिरा सेवन गरेर होहल्ला गर्ने शुक्लाफाँटा–८ पारीफाँटा ऐलानी टोेलमा पसल संचालन गर्दै आएका पसल संचालक नरेश ठगुन्ना सहित १५ जनालाई ईलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर वोहराका अनुसार उनिहरुलाई वडा नम्बर ८ पारिफाँटाबाट पक्राउ गरेको हो । पक्राउ परेका १५ जना ईलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन । 

चाडपर्वहरु नजिकिदै गर्दा  सुरक्षा व्यवस्था बढाइएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । चाडपर्वका बेला अपराधिक क्रियाकलाप बढ्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।