राष्ट्रिय वाणिज्य बैँक धनगढीमा कार्यरत तीन जना कर्मचारीमा कोरोना पुष्टि

राष्ट्रिय वाणिज्य बैँक धनगढीमा कार्यरत तीन जना कर्मचारीमा कोरोना पुष्टि

धनगढीः धनगढीको राष्ट्रिय वाणिज्य बैँकमा कार्यरत तीन जना कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा बैँकका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो।

स्रोतका अनुसार ३१ र ३२ वर्षीया दुई महिला कर्मचारी र ३० वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको छ। अहिले उनीहरुलाई आईसोलेसनमा राखिएको छ। 

यसअघि बैँकमा कार्यरत एक जनामा संक्रमण देखिएको थियो।