खरिद गरेको दुई महिना बित्नै लाग्दा पनि सञ्चालनमा आउन सकेन पिसिआर मेसिन

खरिद गरेको दुई महिना बित्नै लाग्दा पनि सञ्चालनमा आउन सकेन पिसिआर मेसिन

असोज२४,कंचनपुर। भिमदत्त नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन दुई महिना बित्नै लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन।
कोरोना(कोभिड-१९) रोकथाम तथा निर्देशक समन्वय समितीको निर्णय बमोजिम भिमदत्त नगरपालिकाले खरिद गरेको मेसिन दुई महिना बित्नै लाग्दा पनि सञ्चालनमा नआई प्रयोगविहिन हुँदा थन्किएको छ । झण्डै दुई महिना अगाडि २८ साउनमा भीमदत्त नगरपालिकाले ३८ लाखमा पीसीआर मेसिन खरिद गरेको थियो ।
भीमदत्त नगरपालिकाले आव्हान गरेको सार्वजनिक सूचना अनुसार सुदिप इन्टरनेशनले ३८ लाख रुपैयाँमा मेसिन खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको थियो । पीसीआर मेसिन खरिद गरि नगरपालिकाले सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिएको थियो । 

भिमदत्त नगरपालिका का नगर प्रवक्ता हिमाल चन्दका अनुसार  नगरपालिकाले मेसिन खरिद गरिदिने र आवस्यक जनशक्ति र अन्य व्यवस्थापन गर्ने काम अस्पतालले गर्ने निर्णय भएको बताए । उनले भने " समुदायमा कोरोना गई सकेको छ  तर सुदुरपश्चिम प्रदेश सरकारको ध्यान धनगढीमै केन्द्रित छ ।" कि त प्रदेश सरकारले महाकाली अस्पतालको स्वामित्व छोडि भिमदत्तको अस्पताल बनाए  नगरपालिकाले अस्पतालको  सबै व्यवस्थापन गर्ने, हैन भने प्रदेश सरकारले व्यवस्थापन गर्नु पर्ने नगर प्रवक्ता चन्दले बताए ।
 
प्रदेश सरकारको लापरबाहीका कारण पिसिआर मेसिन सुचारु हुन नसकेको बुझिएको छ । प्रदेश सरकारले आवश्यक पर्ने सामग्री उपलब्ध गराउन नसक्नु र अस्पताल सङ्ग कोर्डनेसन नगरेका कारण पिसिआर मेसिन
सञ्चालनमा ढिलाई भईरहेको समेत प्रवक्ता चन्दले बताए । 

पिसिआर मेसिनका लागि आवस्यक पर्ने अन्य मेसिनहरु न आउदा सञ्चालनमा ढिलाई भएको र अन्य आवस्यक मेसिनहरुको खरिदका लागि टेन्डर  समेत भईसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि कुमार श्रेष्ठले बताए।  जनशक्ति कम भएको र भएका जनशक्ति लाई पनि कोरोना संक्रमण भईरहेकाले जनशक्तिको अभाव पनि देखिएको उनको भनाई छ । मेडिकल सुपरिटेन्डेन्ट डा.श्रेष्ठका अनुसार पिसिआर मेसिन सञ्चालनमा आउन अझै एक महिना लाग्ने भएको छ । 

तर मेसिन खरिदको दुई महिना बित्दै लाग्दा पनि अझै मेसिन जडान हुन नसक्दा कोरोना चेकजाँच गर्न धनगढि नै पुग्नु पर्ने अवस्था रहेको स्थानीयहरु बताउछ्न । महेन्द्रनगर मै पिसिआर मेसिन सञ्चालनमा आए कंचनपुरबासिले कोरोना रिपोर्टका लागि लागि कुर्नु पर्ने अवस्था नहुने र  कोरोना परिक्षणको दायरा बढ्ने समेत स्थानीयको भनाई रहेको छ ।