गोलीकाण्ड : अनुसन्धानमा भईरहेको ढिलाईले घटना गर्भमै रहेने हो कि भन्ने चिन्ता !

गोलीकाण्ड : अनुसन्धानमा भईरहेको ढिलाईले घटना गर्भमै रहेने हो कि भन्ने चिन्ता !

धनगढी : धनगढीमा दिनदाहाडै गोली प्रहार गरी साढे ९ लाख रकम लुटने व्यक्तिलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । 

गत आईतवार विहान सवा १० बजे सिद्धार्थ बैकबाट रकम झिकेर चौहारा नजिक रहेको किन्ट आईएमई सेन्टरका कर्मचारी निर्मला कार्कीमाथि मुख्य बजारमै गोली प्रहार भई लुटपाट भएको थियो । 

घटना भएको एक साता पुग्न लाग्दा पनि प्रहरीले लुटेराबारे केही पत्ता लगाउन नसकेको हो । साना साना घटना समेत पत्रकार सम्मेलन गर्दै चर्चा बटुल्ने प्रहरीले गोली प्रहारपछि यति ठुला रकम लुटपाटबारे सुचना दिन पनि अस्वृकार गर्दै आएको छ । 

घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भईरहेको दावी गर्ने प्रहरीले कुन–कुन कोणबाट अनुसन्धान भईरहेको विषयमा समेत बौल्न मानेको छैन । यस्तै, प्रहरीले लुटेरा नजिक पुगेको दावी गर्दै आएको छ । तर, लुटेरा पत्ता लगाउन किन ढिलाई भईरहेको छ भन्नेबारे पनि प्रहरी अधिकारीहरु बोल्न मान्दैनन । 

यसले पनि प्रष्ट गर्छ कि प्रहरीले लुटेराको सामान्य पहिचान समेत गर्न सकेको छैन । घटना भएको दिनदेखि नै घटनामा सग्लनको खोजीकार्य जारी रहेको बताउने प्रहरीले दिने उत्तर एक साता पुग्दा पनि फेरिएको छैन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता हरि बहादुर वली अभियुक्तको खोजी कार्य भइरहेको बताउनुहुन्छ ।

घटना भएको दिन चाडै घटनामा सग्लनको पहिचान गरेर सार्वजनिक गर्ने बताएका कैलालीका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले भने यस विषयमा प्रतिक्रिया दिन नै छोडनुभएको छ । 

प्रहरीले घटना भएको ३० मिनेटमै गोली चलाई रकम लुटेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुई जनालाई आईतवार साझ नै बोलाएको बेला उपस्थीत हुने गरी रिहा गरिएको छ । 

सो क्रममा प्रहरीले घटनामा उनीहरुका सग्लनता देखिएको र आईतवार साझ सम्म घटनाको सत्यतथ्य पत्ता लाग्ने दावी गरेको थियो । त्यसपछि पनि गोली चलाई लुटपाट गरेको आशकामा दुई जना विप्लव कार्यकर्तालाई पक्राउ गरेको भएपनि त्यसबारेमा प्रहरीले अझै केही खुलाउन चाहेको छैन ।

त्यसपछि सस्तो लोकप्रिंयताका लागि मात्रै प्रहरीले केही व्यक्ति पक्राउ गरेको आरोप लागेको थियो । 

त्यसपछि पनि पटक पटक धनगढीमा हत्याका घटना भएका छन । गत वर्ष मात्रै क्याम्सप चौकमा वृद दम्पतीको हत्या भएको थियो । उक्त हत्यामा सहयोग गर्नेहरु पक्राउ परेपनि मुख्य व्यक्तिलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

यसअघि तारानगरमा ओमप्रकाश पन्तको हत्या लगायतका घटनामा पनि असफल हुदा ति घटनाहरु गर्भमै छन । रहस्य बाहिर आउन सकेको छैन । गत आईतवार धनगढीमा दिउसै गोली प्रहारपछि लुटपाटको घटनाको अनुसन्धानमा भईरहेको ढिलाईले पनि उक्त घटना कतै गर्भमै रहेने होकि भन्ने चिन्ता पनि पिडितका आफन्त तथा सर्वसाधारणमा लाग्न थालेको छ ।