१० वर्ष पुरानो झोलाको मूल्य नै २ करोड ३३ लाख भन्दा धेरै

१० वर्ष पुरानो झोलाको मूल्य नै २ करोड ३३ लाख भन्दा धेरै

संसारमा पुराना कुराहरुको लिलामी भई नै रहन्छ ।

हालै मात्र एउटा ब्यागको चर्चा सारा विश्वमा भईरहेको छ । जुनको मूल्य सुनेरै तपाई हैरान बन्नुहुनेछ । यसको लिलामी सन् २०१८ मा लण्डनमा भएको थियो । त्यहाँ एक ब्यागको लिलामी २ करोड ३३ लाख ६ हजारमा भएको छ । यो ब्याग १० वर्ष पुरानो रहेको बताइएको छ ।

स्मोकी ग्रे रङको हर्मेस बर्किनको यो ब्यागमा ह्वाइट गोल्डको प्रयोग गरिन्छ । जसकारण यो एकदमै राम्रो देखिन्छ । ब्यागको लम्बाई ३० सेन्टीमिटर रहेको छ । यसमा प्रयोग गरिएको ताल्चा १८ क्यारेट ह्वाइट गोल्डको छ । यसको तौल भने ६८।४ ग्राम रहेको छ ।

यसको चारै तिर ४० गोल डायमण्ड जडित छन् भने ब्यागका तीन फरक फरक भागमा ८।२ क्यारेटको २०० भन्दा धेरै डायमण्ड लगाइएको छ । फ्रान्सको लग्जरी फेशन हाउस हर्मेसले १९८१ मा एक ब्याग डिजाइन गरेको थियो, जसलाई बर्किन नाम दिइएको थियो ।

यसको नाम एक्टर तथा सिंगर जेन बर्केनको नाममा राखिएको हो । यो सारा विश्वमा लोकप्रिय भएको थियो ।