बिसिजी खोप कोरोना भाइरसविरुद्ध काम लाग्ला ?

बिसिजी खोप कोरोना भाइरसविरुद्ध काम लाग्ला ?

बेलायतमा वैज्ञानिकहरुले सन् १९२१ मा विकास गरिएको बिसिजीको खोपले कोरोना भाइरसबाट संक्रमित भएकाहरुको जीवन रक्षा गर्न सक्ने सम्भावना रहे–नरहेको बारे परीक्षण थालेको छन्।

सो खोप क्षयरोगबाट बचाउनका लागि विकास गरिएको हो, तर त्यो खोपले अरु प्रकारका संक्रमणबाट पनि बचाउने केही प्रमाण भेटिएका छन्। एक्सेटर विश्वविद्यालयले सुरु गरेको परीक्षणको पहिलो चरणमा झण्डै एक हजार मानिस सहभागी हुने छन् ।

अधिकांशलाई बाल्यकालमै बिसिजीको खोप दिइन्छ। तर कोरोना भाइरसविरुद्ध सो खोपले प्रभावकारी काम गरेको देखिएमा बाल्यकालमा खोप लगाएकाहरुले पनि पुनः लगाउनु पर्ने छ ।