धनगढीको सुपथ मुल्य पसलमा उपभोक्ताको चाप, शनिबार सम्म २५ सय जनाले लिए सेवा !

धनगढीको सुपथ मुल्य पसलमा उपभोक्ताको चाप, शनिबार सम्म २५ सय जनाले लिए सेवा !

धनगढी । दशैतिहार र छठ पर्वलाई लक्षित गरी धनगढीमा सञ्चालनमा ल्याईएको सुपथ मुल्य पसलमा दिन प्रतिदिन उपभोक्ताको चाप बढ्न थालेको छ । साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय धनगढीले सञ्चालन गरेको सुपथ मुल्य पसलमा दिन प्रतिदिन उपभोक्ताको चाप बढ्न थालेको हो ।

असोज १५ गते देखि चाडपर्व लाई लक्षित गरेर सञ्चालन गरिएको सुपथ मुल्य पसलबाट दैनिक ३ देखि ४ सय जनाले सेवा लिईरहेका छन । बाहिरको पसल भन्दा सुपथ मुल्य पसलमा सामानहरु किन्दा सस्तो दरले पाईने गरेको धनगढीको वडा नम्बर ७ का किसन सिं बिष्टले बताए ।

उनले उपभोक्ताहरुका लागि सुपथ मुल्य पसलबाट सहुलियत मुल्यमा चामल, चिनी र नुन लगायतका सामानहरु मिल्ने गरेको जानकारी दिए । चाड पर्वमा मात्रै नभएर सुपथ मुल्य पसल बाह्रै महिना सञ्चालन भए उपभोक्ताहरुलाई सजिलो हुने उनको भनाई छ ।

सुपथ मुल्य पसलबाट चिनी प्रतिकिलो ७० र आयो नुन प्रतिकिलो १८ रुपैंयाका दरले बिक्रि वितरण भईरहेको छ । बाहिरका पसलहरु दर भन्दा चिनीमा रु. १० र नुनमा रु. दुई छुट गरिएको साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले जनाएको छ । पसलबाट शनिबार सम्म करिब ९ लाख मल्य बराबरको कारोबार भएको साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेड धनगढीका नायब महाप्रबन्धक केशब प्रसाद पाण्डेयले जानकारी दिए ।

उनले भने, दैनिक २ देखि ३ सय सम्म सवाग्राही आउने गरेका छन, शनिबार सम्म २५ सय भन्दा बढी नागरिकले सेवा पाएका छन । भने करिब ९ लाख मल्य बराबरको कोरोबार भएको उनले बताए । साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडले सुदूरपश्चिमको अत्तरिया र धनगढीमा सुपथ मुल्य पसल गरेको छ ।

प्रदेशका अन्य ठाउँमा जनशक्ति अभाव र अनलाईन बिलिङ्गको समस्या हुदाँ पसल सञ्चालन गर्न नसकिएको नायब महाप्रबन्धक पाण्डेयको भनाई छ । उनले चिनी, चामल, चिउरा, सेनिटाईजर र सावुन लगायतका सामानमा परिणाम हेरेर बजार मुल्य भन्दा १० देखि ७० रुपैंया सम्म सस्तोमा सामान बिक्रि वितरण गरिरहेको बताए ।

धनगढी र अत्तरियामा यो बर्ष देखि बर्षै भरी उपभोक्तालाई सेवा प्रदान गरिने भएको छ । नायब महाप्रबन्धक पाण्डेयका अनुसार मंसिर ६ गते सम्म सुपथ मुल्य पसल रहने र त्यसपछि उपभोक्ताको मागलाई मध्येनजर गदैं बिक्रि कक्षबाट नागरिकलाई सेवा दिईने भएको हो ।