दिपेन्द्र सिंह र योगेन्द्र रावत को पहलमा मिर्गौला पीडित रोकायालाई ८४ हजार ६ सय रुपैंया सहयोग

दिपेन्द्र सिंह र योगेन्द्र रावत को पहलमा मिर्गौला पीडित रोकायालाई ८४ हजार ६ सय रुपैंया सहयोग

डोटी । मिर्गौला पीडित डोटीको शिखर नगरपालिका ११ का २१ वर्षिय सुरेश रोकायको उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।

लामो समयदेखि दुईवटै मृगौला फेल भैइ हाल टिचिङ हस्पिटल काठमाडौमा  उपचाररत रोकायको जीवन रक्षाका लागि सामाजिक अभियानन्ता दिपेन्द्र सिंह र योगेन्द्र रावत ले आर्थिक सहयोग संकलनको अभियान थालेको थियो।

सोही अभियानबाट संकलित ८४ हजार ६ सय रुपैयाँ मृगौला पीडित रोकायको उपचारमा सहयोग पुर्याउन  सामाजिक अभियानन्ता दिपेन्द्र सिंह र योगेन्द्र रावत हस्तान्तरण गरेको जनाएको छ ।

स्वदेश तथा विदेशमा रहेका सहयोगी हातबाट संकलित रकम आईतबार ग्लोबल आइएमई बैंक डोटी शाखामा जम्मा गरिएको हो ।

उनको उपचारमा सहयोग पुर्याउनका लागि डोटी सहित देशका विभिन्न स्थानमा “सुरेश रोकाय बचाउ अभियान" थालिएको सिंहले बताउनु भयो।


२०७२ सालदेखि दुबै मृगौलाले काम गर्न छोडेका रोकायको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो । सोही कुरालाई मध्यनजर गरि  डोटीबाट सुरेश रोकाया बचाउ अभियान थालेको थियो । युवाहरुको मेहेनत,सक्रियता ,सहयोगिदाताको सहयोगमा उक्त रकम संकलन गरि पीडित रोकायलाई उपचारमा सहयोग पुर्याउन सकिएको  समाजसेवी युवा दीपेन्द्र सिंहले जानकारी दिए ।