गर्लफ्रेण्डलाई प्रपोज गर्दा एक रातमै खर्च गरे यी व्यक्तिले यति धेरै पैसा !

गर्लफ्रेण्डलाई प्रपोज गर्दा एक रातमै खर्च गरे यी व्यक्तिले यति धेरै पैसा !

हामीले देखिरहेका हुन्छौँ कि, आफ्नो प्रेमीकालाई विभिन्न नयाँ तरिकाले प्रपोज गरिरहेका हुन्छन् । आफ्नो जीवनको यो समयलाई अझ याद्गार बनाउन कोहि मानिस जुन कुनै हदसम्म पनि जान सक्छन् ।

आफ्नो प्रेमीकालाई महंगो गिफ्ट दिन चाहान्छन् । हालै मात्र एउटा यस्तो घटना बाहिरिएको छ, जो सुनेर तपाई दंग हुनुहुन्छ । एक व्यक्तिले आफ्नो प्रेमीकालाई प्रपोज गर्नका लागि मात्र एक रातमा १४ लाख रुपैयाँ खर्च गरेका छन् ।

जोश नाम गरेका ति व्यक्तिले आफ्नी प्रेमीका सारालाई प्रपोज गर्न होटलको सबैभन्दा महंगो कोठा किनेर यति धेरै खर्च गरेका हुन् । उनले सारालाई एक फिल्मी स्टाइलमा प्रपोज गरेका थिए ।