स्प्रुजु कम्पनिको पानी पिउन अयोग्य, सिल गरेको बोतलमा भित्र भेट्टियो किरा (भिडियो सहित)

स्प्रुजु कम्पनिको पानी पिउन अयोग्य, सिल गरेको बोतलमा भित्र भेट्टियो किरा (भिडियो सहित)

धनगढीः सुदूरपश्चिम प्रदेसको राजधानी अत्तरियामा रहेको स्प्रुजु प्याकेजिङ्ग वाटर कम्पनिको सिल गरेको पानीको बोत्तलमा किरा भेटिएको छ । 

धनगढी स्थित होटल के आई चटकपुरले ग्राहकलाई पानीको बोत्तल दिंदा सिल गरेको पानीको बोत्तल भित्रै किरा भेटिएको पाईएको हो । 

मानव शरीरमा लगभग ७२ प्रतिशत भाग पानीले ओगटेको हुन्छ । मानव शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्नका लागि दैनिक १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ। यस्तो अवस्थामा पनजिस्तो संवेदनशील पदार्थमा जलस्रोतको आधारमा विश्वकै दास्रो नेपालजस्तो मुलुकमा बेच्नकालागि तयार पारीएको पनिमा नै फोहोर भेट्टिनु कत्तिको जायज हो ? 

होटलमा नास्ता खान गएका ग्राहक प्रकाश साउँदले पानी उत्पादन गर्ने कम्पनीको लापरवाहीले गर्दा उपभोक्ता स्वास्थ्यमा प्रतिकुल असर गर्ने र कम्पनीको चरम लापरवाहीका कारण आम जनताको स्वास्थ्यमा खेलवाड समेत गरेको आक्रोश व्यक्त गरे । साँवदले भन्नुभयो,‘‘यसरी फोहोर पानि बोत्तलमा भरेर बेच्ने कम्पनिलाई कसरी अनुमति दिईयो ? उपभोक्ताको स्वास्थमाथि खेलवाड गर्ने कम्पनिहरुलाई सम्बन्धित निकायले समयमै कारवाही गर्नु पर्छ ।”

सोहि बिषयमा बुझ्दा स्प्रुजु प्याकेजिङ्ग वाटर मम्पनिका एक प्रतिनिधीले आफ्नो कम्पनीबाट पानी उत्पादनमा लापरवाही भएको स्वीकार गरेका छन । उनले भने,‘‘हामिले जानिजानि गरेका हैनौं यसबाट ग्राहकवर्गमा पर्नगएको अशुविधा प्रति क्षमा चाहन्छौं” साथै आगामी दिनमा यस्तो लापरवाही नहुने बताएका छन् ।