मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिम(मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ । उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम-उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।
अहिले हाल देशको पहाडी भू(भागमा आंशिक बदली रहेको छ । बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो: प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ।देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।