सीमा विवादलाई लिएर भारत र चीनबिच वार्ता हुँदै

सीमा विवादलाई लिएर भारत र चीनबिच वार्ता हुँदै

भारत र चीनबिच सीमा विवाद समाधानको प्रयासमा सोमबार वार्ता हुने टाइम्स अफ इन्डियाले जनाएको छ । सो पत्रिकामा प्रकाशित खबर अनुसार भारत–चीनबिच पूर्वी लद्दाखमा जारी सीमा विवाद क मगर्नका लागि सोमबार कमाण्डरस्तरको सातौँ वार्ता हुन लागेको हो ।

यो वार्तामा पहिलोपटक चीनका उच्च कूटनीतिज्ञ पनि सामेल हुने जनाइएको छ । टाइम्स अफ इन्डियाका अनुसार वार्तामा चीनका तर्फबाट विदेश मन्त्रालयका अधिकार र राजनीतिक कमिश्नर सामेल हुन सक्ने छन् । यसअघि सेप्टेम्बर २१ मा भएको कमाण्डर तहको छैटौँ वार्तामा भारतका तर्फबाट वरिष्ठ कूटनीतिज्ञ, संयुक्त सचिव (पूर्वी एसिया) नविन श्रीवास्तव सामेल भएका थिए ।

गएको सेप्टेम्बर १० मा रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका विदेशमन्त्री वाङ्ग यीबिच वार्ता भएको थियो । सो वार्तामा सीमा विवाद कम गर्ने सम्बन्धमा पाँच बुँदे सहमति भएको थियो । तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।

भारतले चीनमाथि सहमति कार्यान्वयन गरेको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा निर्माण तथा सैन्य गतिविधि जारी राखेको आरोप भारतको छ ।