जब अमेरिकामा अचानक मृत चराहरुको वर्षा हुन थाल्यो !

जब अमेरिकामा अचानक मृत चराहरुको वर्षा हुन थाल्यो !

कोरोना भाइरसको महामारीसँग अहिले सारा विश्व लडीरहेको छ । भाइरसका कारण संसारका मानिस हैरान बनेका छन् ।यसैबीच एउटा यस्तो घटना भएको छ, जो सुनेर तपाई हैरान बन्नुहुनेछ ।

अमेरिकाको फिलाडेल्फियामा अचानक आकाशबाट मृत चराहरुको वर्षा भएको छ । उक्त घटना पछि मानिसहरु मर्माहित भएका छन् । या भन्दा पहिला यस्तो घटना आजभन्दा ७२ वर्ष पहिला सन् १९४८ मा भएको थियो ।

गत २ अक्टोबरमा फिलाडेल्फिस शहरमा १ हजार ५०० भन्दा धेरै प्रवासी चराहरु अचानक आकाशबाट जमीनमा खसेका थिए । ति मध्ये धेरैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अहिलेसम्म किन अचानक आकाशबाट चराहरु खसे भन्नेबारेमा थाहा नभईसकेको बताइएको छ ।