ऋषभ पन्त एक साता टोली बाहिर

ऋषभ पन्त एक साता टोली बाहिर

दिल्ली क्यापिटल्सका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त एक साता टोली बाहिर रहने भएका छन् ।

मांशपेसीमा देखिएको समस्याका कारण पन्त करिब अर्को एक साता टोली बाहिर रहने कप्तान श्रेयस अय्यरले जानकारी दिएका छन् । पन्तले शुक्रबार भएको राजस्थान रोयल्सविरुद्धको खेलमा चोट बोकेका थिए । सोही कारण आइतबार मुम्बई इन्डियन्सविरुद्ध भएको खेलमा पन्त टोली बाहिर थिए । सो खेल दिल्लीले ५ विकेटले पराजय भोगेको थियो ।

मुम्बईसँगको खेलपछि कप्तान अय्यरलाई सोधिएको प्रश्नमा उनले पन्त करिब एक साता अझै टोलीबाहिर रहन सक्ने बताएका हुन् । “मलाई थाहा छैन् । डाक्टरले भनेका छन् कि उनले एक सातासम्म विश्राम गर्नुपर्नेछ । मलाई आशा छ उनी छिटै टोलीमा फर्किनेछन्,” कप्तान अय्यरले भने । 

दिल्लीले यसै साताको बुधबार राजस्थान रोयल्स र शनिबार चेन्‍नई सुपर किंग्ससँग भिड्नेछ । आइतबार भएको खेलमा पन्तको स्थानमा अस्ट्रेलियाका एलेक्स क्यारी टोलीमा समावेश भएका थिए ।