अध्ययन भन्छ, मोबाइल स्क्रिनमा ४ हप्तासम्म कोरोना भाइरस जीवित रहन सक्छ

अध्ययन भन्छ, मोबाइल स्क्रिनमा ४ हप्तासम्म कोरोना भाइरस जीवित रहन सक्छ

 एक अनुसन्धानले कोरोना भाइरस मोबाइल स्क्रिनमा २८ दिनसम्म जीवित रहन सक्ने देखाएको छ । अस्ट्रेलियाको नेसनल साइन्स एजेन्सीको रुपमा रहेको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन सीएसआईआरओ ले यस्तो तथ्य पत्ता लगाएको हो ।

अध्ययन अनुसार बैंक नोट, मोबाइल स्क्रिनजस्तो सिसा र स्टेनलसेस स्टिल लगायतका सामान्य सतहमा कोभिड १९ को भाइरस २८ दिनसम्म जीवित रहन सक्छ । अस्ट्रेलियाको गिलोङ स्थित सेन्ट्र फर डिजिज प्रिपेर्डनेस ९एसीडीपी० मा यो अनुसन्धान गरिएको थियो ।

जसबाट सार्स कोभ २ कटनजस्तो जटिल सतहको तुलनामा कम तापक्रम र सपाट सतह भएका सिसा, स्टेनलेस स्टिलमा लामो समयसम्म जीवित हुने देखिएको हो ।

भाइरोलोजी जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले प्लास्टिक बैंक नोटको तुलनामा कागजबाट बनेका बैंक नोटमा भाइरस लामो समयसम्म रहने समेत देखाएको छ ।

यद्यपि यो अध्ययन २० डिग्री सेल्सियस ९सामान्यतया कोठाको तापक्रम० र अँध्यारो ठाउँमा गरिएको थियो । जबकि फ्लु भाइरस यस्तै अवस्थामा केवल १७ दिनसम्म मात्रै जीवित रहन सक्छ ।

कोरोना भाइरस अधिकतम जसो व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा र बोल्दा सर्ने गर्दछ । यो अध्ययनले बैंक नोटबाट समेत कोरोना भाइरस सर्ने पुष्टि गरेको छ ।

यसअघिको ल्याब्रेटोरी परीक्षणमा बैंक नोटमा कोरोना भाइरस दुईदेखि तीन दिन र प्लास्टिक र स्टेनलेस स्टिलमा ६ दिनसम्म जीवित रहने देखिएको थियो ।

अध्ययनले कोरोना भाइरस चिसो तापक्रमको तुलनामा तातोमा कम समय बाँच्न सक्छ । समान सतहमा ४० डिग्री सेल्सियसको तापक्रममा २४ घण्टामै यो भाइरस सर्नबाट रोकिने बताइएको छ ।