चौरपाटी गाउँपालिकामा तालाबन्दी

चौरपाटी गाउँपालिकामा तालाबन्दी

अछाम : अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा काग्रेस कार्यकर्ताले ताला लगाएका छन । गाउपालिकामा आफ्ना मान्छेलाई मात्र कर्मचारी राखेको र उमेर नपुगेका व्यक्तिहरु लाई पनि कर्मचारी बनाएको भन्दै उनिहरुले तालाबन्दी गरेको बताएका छन ।

गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा गाउपालिकाको मुल गेटमा बुधबार राती ६ बजे तिर ताला लगाएको जनाएको छ । बुधबार दिउसो गाउँपालिका भित्र पसेर कर्मचारी तथा अध्यक्षलाई समेत गालिगलौज गरेको गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदले जानकारी दिए ।

आज मात्र नभएर सधै आफुलाई गालीगलौज गर्ने गरेको उनले बताए । गाउँपालिकाका प्रशासकीय प्रमुखलाई काम गरिरहेको बेला कोठा भित्र थुनेको उनले बताए । काग्रेसका कार्यकर्ताले ज्यानमार्ने धम्की समेत दिएको अध्यक्षको भनाई रहेको छ ।

आफुले आपसी छलफल गरेर समस्याको समाधान गरौ भन्दा पनि उनिहरुले अराजक शैलिमा गाउँपालिकाको गेटमा तालाबन्दी गरेको उनले बताए ।