सुदूरपश्चिममा छाउपडी प्रथाको भ्रम र वास्तविकता !

सुदूरपश्चिममा छाउपडी प्रथाको भ्रम र वास्तविकता !

हाम्रो समाज, बिशेष गरेर सुदुरपश्चिमेलि समाज विभिन्न खालका विभेदबाट मुक्त हुनसकिरहेको छैन। हाम्रो समाजमा विभिन्न प्रकारका कुरुती अन्धविश्वास अझै पनि कायम रहेको पाइन्छ। यी विभिन्न विभेदहरुमध्यको एउटा जल्दोबल्दो उदाहरण हो ।

छाउपडी प्रथा छाउपडी प्रथाको अन्त्यका लागि नेपालका थुप्रै राजनीति दल, संघसस्था, संघसंगठन हरुले बेला मौकामा मौसम अनुसार बिशेष गरेर सुदुर पश्चिम का नेता ज्युहरुले मुख्य एजेन्डाको रूपमा यसको खेती गरिरहेका छन तर जे जस्तो गरेपनी सुदुरपश्चिममा यस प्रथाको प्रभाव जस्ताको त्यस्तै देखिन्छ।

राजनीति गर्ने ब्यक्तीले स्थानीय तहदेखि केन्द्रसम्म मुख्य एजेन्डाको रूपमा यसप्रथालाइ लिएको पाइन्छ तर समाजबाट यस प्रथाको जरा उखेल्लीन सकेको छैन। बिशेष गरेर सुदुर पश्चिममा यो प्रथा अझै पनि धैरै मान्ने गरिन्छ। सुदुर पश्चिमका बैतडी, बझाङ, दार्चुला, बाजुरा, अछाम र डोटी यी जिल्ला भन्दा पनि बिशेष गरेर डोटीमा यस प्रथा को प्रभाव बढी पाइन्छ।

डोटी जिल्ला सुदुर पश्चिम को क्षेत्रीय सदरमुकाम भएका कारण भएपनी त्यहाँका जनताको चेतनाको स्तर अरु जिल्लाको भन्दा माथी उठेको हुनुपर्ने तर बिडम्पना त्यसो हुन सकेको छैन। महिनावारी वा रजस्वला वा स्थानीय बोलचालीको भाषामा छाउहुनु न कुनै अपराध हो नत यो भगवानको श्राप नै, यो त केवल प्राकृतिक देन हो।

किशोरी किशोरावस्थामा प्रवेश गरिसके पछि महिलाहरुमा जब मासिक श्राब अर्थात रजस्वला सुरुहुन्छ तब महिलाहरुलाइ सन्तान जन्माउन सक्षम भएकी मानिन्छ। रजस्वला हुनु पाठेघरको दैनिक कार्य हो, जसलाई अन्डाशयको किर्याकलापले प्रभाव पारेको हुन्छ। पाठेघर भित्र रहेका रक्त तथा अन्य ग्रन्थी श्रावहरु अण्ड निसेचित नभएको अबस्थामा शरीर बाहिर उत्सर्जन हुने गर्दछ जसलाइ महिनावारी भनिन्छ।

बोलिचालिको भाषामा हाम्रो समाजमा यसलाइ छाउ भएको भन्छन् , कसैका नजिक जानुहुन्न, धामीझाँक्रीको नजिक जानुहुन्न, एकान्तमा बस्नुपर्छ, कसैलाई छुनुहुन्न,भन्ने जस्ता अन्धविश्वास हाम्रो समाजमा अझैसम्म पनि रहेको पाइन्छ। यो अन्यापुर्ण र विभेदपुर्ण व्यबहार सुदुर पश्चिमका अगुवा गर्ने कयौं महिलाहरुमा पनि रहेको पाइन्छ।

" भित्र तामझाम बाहिर रामराम" भनेझैं नेतुत्व गर्ने महिला नेत्रीहरुले पनि विभिन्न मेला, मौका, अवसर बनाएर यस प्रथाको अन्त्य का लागि गल्ली गल्ली चोकचोकमा गाउँ देखि शहरसम्म नारा लगाएका हुन्छन, तर मासिक श्राव भएको पाँच दिनसम्म घरबाट टाढा भएर आफुलाइ छाउ भएको भनेर अलगै बसेको घटना हामी सबैले देखेकै छौ।

अलिकति आफुलाइ बुझेका, घरलाइ बुझेका, समाजलाई बुझेका, राजनीति बुझेका कुनै न कुनै तवरबाट नेतुत्व गर्ने सुदुर पश्चिमेलि महिला दिदिबहिनीहरुले पनि आफुलाइ यस प्रथाबाट अछुतो राख्न सकिराखेकी छैनन्। समाजमा कुनैपनि तहमा अगुवा गर्ने महिलाले पनि आफू रजस्वला भएको बेलामा चार दिनसम्म आफू घरबाट बाहिर अलग बसेर पाँच दिनको बिहान गाइको गहुत अर्थात सुनको पानी चाखेर आफुलाइ शुद्ध बनाउने परम्परा अझैपनी हाम्रो समाजमा चलिनै रहेको पाइन्छ।

विभिन्न तवरबाट नेतुत्व गर्ने ब्यक्ति तथा कुनैपनी संघसस्थामा आवद्ध पुरुष वा महिला अझैपनी यस प्रथा अर्थात नछुने भुतबाट मुक्त हुन सकेका छैनन्। राजनीति बुझेका ब्यक्तिहरुपनी मंच सभासम्मेलन गोष्टि विभिन्न आन्तरिक अर्थात बाहय कार्यक्रममा छाउपडी प्रथा अन्त्य हुनुपर्छ भन्छन् , तर आफू वा आफ्नो परिवारका महिला रजस्वला भएको बेला टाढै बस्न बाध्य गराएका कुरा हामी सबैलाइ नै थाहै छ।

नेतृत्व कर्ता, नेतृत्व गर्ने महाशय ज्युहरु छाउगोठ भत्काउन टोलटोल, गाउँगाउँ पस्ने गर्छन तर नेतृत्व गर्नेहरुलाइ यो कुरामा भ्रम नहोसकी छाउगोठले गर्दा छाउपडी प्रथाले हाम्रो समाजमा जरा गाडेको हो। जबसम्म मन, मतिष्क भत्काइन्न चेतनामा वृद्धि हुन्न तबसम्म हाम्रो समाज यस्ता कुरुती अन्धविश्वास बाट रुमल्लिरहनेछ।

नेतृत्व गर्ने अगुवा महिला दिदिबहिनी हरुले पनि सभासम्मेलन ब्यानर प्ले काड बनाएर, देखाएर विकट बस्तिका महिला दिदिबहिनी हरुलाइ रोडमा उतारेर नारा जुलुस लगाउछन " छाउहुनु अपराध होइन भगवानको देन हो अर्थात् प्राकृतिक नियम हो" भन्न लगाउछन, फोटो खिच्छन केहिदिनसम्म सामाजिक संजाल मा भाइरल भन्छन गर्नासम्म यो प्रथाको खेती गर्छन बिडम्पना जुन महिला दिदिबहिनी हरु रोडमा गएर नाराबाजी गर्छन उनै महिलाहरुलाइ हुन्न छाउपडी प्रथा भनेको केहो भनेर, फेरि घर जान्छ परम्परागत शैलीमा नै उहीँ संस्कार अगाल्छन।

कतिपय अवस्थामा हाम्रो सामन्ती सस्कार अर्थात सामन्ती सस्कार बोकेको समाजले त्यसो गर्न दिदैन त्यसैले केही महिलाहरु यसको कारणले पनि खेलेर यस प्रथाको बिरोध गर्न सकिराखेका छैनन्। यो समस्या बिशेष गरेर गाउँमा अर्थात ग्रामीण भेगका महिलाहरुमा बढी देखिएको पाइन्छ।

उनिहरु आफू त यस्तो अपराध पुर्ण प्रथाको अन्त्य गर्न चाहन्छन तर हाम्रो गाउँ घर, समाज, समाजका मानिसहरु तथा देवि देवता का डरले पनि यस्तो गर्न सक्दैनन्। हाम्रो समाजबाट नेतृत्व गर्ने अधिकाश अगुवा महिलाहरु जसले महिलाको आन्दोलनलाई नेतृत्व गरिरहेका छन, गाउँ टोलमा नारा लगाउछन छाउगोठ भत्काउछन तर पनि रजस्वला भएको अस्थामा कसैलाई पनि छुन हुन्न अर्थात अछुने अबस्था हो भनेर मानसिकता बोकिरहेका हुन्छन् ।

महिनावारी, रजस्वला भएको बेला अलग नबसेमा देवि देवता, कुल देवता, इष्ट देवता, रिसाउछन, खायो हुन दिन्न, देवि देवताले श्राप दिन्छन् अनि हामी विभिन्न खालका रोगहरुबाट पिडित हुन्छौं, हाम्रो शरिरमा भौतिक क्षेती हुन्छ, महिलामा बाझोपन आउँछ भन्ने कुराका डरका कारण कयौं ठाउँका मानिसहरू यो प्रथालाइ मान्न बाध्य छन।

उनिहरुलाइ नत समाजको नत घर परिवारको डर छ केवल सामन्ती सोचका कारण, परम्परागत सस्कार, देवि देवताका डरले गर्दा अझैपनी छाउपडी प्रथाले हाम्रो समाजमा जरा गाडेको देखिन्छ । महिनावारी अर्थात रजस्वला भएको वेला शारीरिक सम्बन्ध नराख्नु राम्रो कुरा हो किनभने त्यतिवेला शारीरिक सम्बन्ध राख्नालेमहिनावारी अर्थात रजस्वला भएको वेला शारीरिक सम्बन्ध नराख्नु राम्रो कुरा हो ।

किनभने त्यतिवेला शारीरिक सम्बन्ध राख्नाले एकातिर यौन रोगहरु हुने सम्भावना हुन्छ भने अर्कातिर महिलाको यौन अङ्गमा घाउ हुने सम्भावना बढी रहन्छ, यो कुरा बैज्ञानिकले पनि पुष्टि गरिसकेका छ्न तर रजस्वलालाई कसैलाइ नछुनु, छुट्टै बस्नु, अलगै बस्नुको संज्ञा दिएर हुने नहुने, घरभित्र पस्नै नहुने, आफुभन्दा ठुलासंग बोल्नै नहुने, गाई भैशिको नजिक जानै नहुने, छुनै नहुने भन्ने कुराहरु त सरासर गलत हुन।

यी कुराहरुले गर्दा सिङ्गो महिला दिदिबहिनी हरुलाइ नै सधैका लागि हारेर बस्नुपर्ने अबस्था सिर्जना गराएको पाइन्छ। यश कारण महिलाको न्याय, महिलाको मुक्तिका लागि आन्दोलन गर्ने नारी वा पुरुषले आजैदेखी आफुले आफुलाइ आफ्नो चेतनाको स्तर, मन, मतिष्क, जनस्तर र विभिन्न तवरबाट सुधार गर्दै लैजानुपर्ने अबस्था देखिन्छ।

यो प्रथा तत्कालीन सामन्तबादी कुसोच भएका ब्यक्ति तथा वर्गहरुले चलाएका हुन, त्यसैले यस्तो चेतनामा वृद्धि विकास गरि यश प्रथा सदाका लागि अन्त्य हुन जरुरी छ तबमात्र महिलाहरुलाइ सदाका लागि मुक्ति मिल्नेछ र वेला मौका मिलाएर राजनीति गर्ने ब्यक्तिहरुले पनि स्थानीय तहदेखि केन्द्रको संसद सम्म यसलाइ मुख्य एजेन्डाको रुपमा कहिले कसैले पनि प्रस्तुत हुन नपाउन ।

तब मात्र महिला बर्ग र पुरुष बर्ग दुबैको भलो हुने तबमात्र महिलाले महिलार्थ पुरुषले पुरुषार्थ देखाउन पाउनेछन र अनि हाम्रो समाजबाट यस्ता कुरितीहरुको अन्त्य हुनसक्यो भने मात्र समाजले विकासको गति लिनेछ र समाजमा असल, इमानदारी, नैतिकता वान र सभ्य मानिसहरुको बिजारोपर्ण हुनेछ।