वर्षौंपछि मिलेको सम्बन्धमा सलमानले फेरी हाने शाहारुखलाई झापड

वर्षौंपछि मिलेको सम्बन्धमा सलमानले फेरी हाने शाहारुखलाई झापड

एजेन्सी । वर्षौं पहिले बलिउड दुई सुपर स्टार शाहारुख र सलमानको सम्बन्ध सलमानले शाहारुखलाई झापड हानेकै कारण बिग्रिएको थियो । एउटै क्षेत्रमा जमेका यी दुईको सम्बन्धमा न केवल बोली बाराबार भयो यी दुुवैले नै एकअर्कालाई देखिखान सक्दैनथे । यिनीहरुको झगडा बलिउडमा मात्र नभई पुरै दुनियाँलाई नै थाहा थियो ।

सलमानको सन्कि दिमागको बारेमा पनि पुरै दुनियाँ नै अवगत छ । सलमानले शाहारुखलाई मात्र नभई बलिउड नायिका कट्रिना केफ र एश्वर्य राय बच्चनलाई समेत सार्वजनिक ठाउँहरुमा झापड हानेका छन् । उनले हानेको झापडकै कारण यी दुई नायिकाहरु यिनीदेखि टाढीएका थिए । कट्रिना हिजो आज सलमानसंग नजिक भएपनि एश्वर्यले भने अभिषेक बच्चनसंग विवाह नै गरिन् ।

बलिउडका बादशाह शाहारुखसंग पछिल्लो केही वर्षयता सम्बन्धमा सुधार आईरहंदा सलमानले फेरी शाहारुखलाई झापडा होनर ट्रोल बनेका छन् । भलै सलमानले यस पकट झगडा नगरिकनै शाहारुखलाई झापड हानेकै किन नहोऊन् तर उनी यतिबेला फेरी ट्रोल बनिरहेका छन् । सोसल युजरहरुले त सलमान कहिल्यै नसुध्रने व्यक्तिका रुपमा प्रतिकृया पनि दिएका छन् ।

यस पटक सलमाने हानेको झापडको विषय उनीहरु दुवै नै सहभागी भएको कमेडि कार्यक्रमको थियो । जस्मा शाहारुखले सलमानको झापड खानु परेको थियो । उक्त कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिन सकिएन भने झापड हान्ने भन्ने शर्त र नियम थियो । र उक्त नियमलाई दुवैले सुपर स्टारहरुले स्वीकार गरेका थिए । सोही शर्त र नियमकै आधारमा सलमानले शाहारुखलाई झापड हानेका थिए ।

उक्त कार्यक्रम उनीहरुकै व्यक्तिगत जीवनका कुरामा आधारित थियो । सलमानले सोधेको प्रश्नको सही जवाफ दिन नसक्दा शाहारुखले धेरै पटक नै सलमानको झापड खानु परेको थियो । त्यसरी झापड खाई रहँदा शाहारुखले सलमानलाई बिस्तारै हान्न पनि भनेका थिए । उसो त शाहारुखको प्रश्नको जवाफ दिन नसक्दा सलमानले पनि शाहारुखको झापड खानु परेको थियो ।