सुदुरपश्चिम खप्तड गोल्डकप पुस २४ गतेदेखि, प्रथम पुरुस्कार २१ लाख

सुदुरपश्चिम खप्तड गोल्डकप पुस २४ गतेदेखि, प्रथम पुरुस्कार २१ लाख

धनगढी : सुदुरपश्चिम खप्तड गोल्डकपको तेस्रो सस्करण पुस २४ गतेदेखि आयोजना हुने भएको छ । 

आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विहिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । 

पुस २४ गतेदेखि माघ ५ सम्म सञ्चालन हुने प्रतियोगिताका लागि तयारी समेत सुरु गरिएको आयोजकले जनाएको छ । 

एक विदेशी सहित १२ टिम सहभागी हुने प्रतियोगिताको विजेतालाई २१ लाख १ रुपैया तथा उपविजेतालाई १० लाख १ रुपैया, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीले जानकारी दिए । 

धनगढी रगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार र प्रत्येक खेलको म्यान अफ दि सिरिजलाई १०÷१० हजार पुरुस्कार प्रदान गरिने छ । 

फिफा र एन्फाको नियम अनुसार खेल नकआउट चरणमा खेलाईने छन । 

१ करोड ४० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितालाई दैनिक ७ हजार दर्शकले प्रत्यक्ष तथा एक करोड ५० लाख मानिसले अप्रत्यक्ष रुपमा प्रतियोगिताबारे जानकारी पाउने आयोजकले दावी गरेको छ । 

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एच डी (डिस) होमले गर्ने छ । सुदुरपश्चिम खप्तड गोल्डकप सुदूरपश्चिम प्रदेशका हुने एकमात्रै गोल्डकप हो । 

‘सुदूरपश्चिम प्रदेशको पहिचान, फुटवल विकाशको अभियान’ भन्ने नारा सहित सुदुरपश्चिम ११ स्पोर्टस क्लबले विगत तिन वर्षदेखि गर्दै आयोजना गर्दै आएको छ ।