घरको ताल्चा तोडेर धनगढीमा चोरी

घरको ताल्चा तोडेर धनगढीमा चोरी

धनगढी– धनगढीमा घरमा कोही नभएको मौका छोपी घरको ताल्चा तोडेर ३० तोला सुन र करिब २ लाख जति नगद चोरी  भएको छ । 

धनगढी उप–महानगरपालिका–३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती करिब दुई लाख नगद र  ३० तोला सुन चोरी भएको  जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । जोशी स–परिवार असोज १८ गते काठमाडौँ गएका थिए । 

१९ गते राती चोरी भएको थियो । कुकुरलाइ खाना खुवाउन जाने छिमेकीले २० गते मात्रै ताल्चा तोडेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । तर अहिले सम्म पनि प्रहरीले चोर समात्न सकेको छैन । घटनामा संल्गनको खोजि कार्यका लागी टोली परिचालन गरीएको प्रहरीले जनाएको छ ।