आईपीएलबाट बाहिरिए दिल्ली क्यापिटल्सका बलर ईशान्त शर्मा

आईपीएलबाट बाहिरिए दिल्ली क्यापिटल्सका बलर ईशान्त शर्मा

अनुभवी तीव्र गतिका बलर ईशान्त शर्मा आईपीएलबाट बाहिरिएका छन् । दिल्ली क्यापिटल्सबाट खेल्दै आएका उनी चोटका कारण टीमबाट बाहिरिएका हुन् ।

यसको जानकारी दिल्ली क्यापिटल्सले सोमवार दिएको हो । उनी यो सत्रमा आईपीएलबाट बाहिरिने दोश्रो खेलाडी हुन् । यो भन्दा पहिला अनुभवी स्पिनर अमित मिश्रा औँलामा चोट लागेका कारण टुर्नामेन्टबाट बाहिरिएका थिए ।

उनलाई ७ अक्टोबर २०२० मा टीमको ट्रेनिङका क्रममा बलिङ गर्दा घाईते भएका थिए ।