बिना मास्क देखिए किम जोङ उन, भने ‘देशमा छैनन् कोहि संक्रमित’

बिना मास्क देखिए किम जोङ उन, भने ‘देशमा छैनन् कोहि संक्रमित’

उत्तर कोरियाली नेता किम जोङ उन लामो समयपछि सार्वजनिक रुपमा देखिएका छन् । गत शनिवार उत्तर कोरियाको राजधानी प्योंगयांगमा उनले एक सैन्य परेडको अध्यक्षता ग्रहण गरेका थिए ।

उक्त कार्यक्रममा परमाणु सशस्त्र देश उत्तर कोरियाले आफ्नो नयाँ र सबैभन्दा अत्याधुनिक हतियारको प्रदर्शन गरेका थिए । यसमा नयाँ अन्तरमहाद्वीप्यि ब्यालेस्टिक मिसाइल पनि थियो । उनले उक्त कार्यक्रममा मास्क लगाएका थिएनन् ।

यो आयोजना उत्तर कोरियाको सत्ताधारी वर्कर्स पार्टीको ७५ औँ वर्षगाँठमा भएको थियो । उक्त कार्यक्रममा उनले उत्तर कोरियामा हालसम्म कोरोना संक्रमित नरहेको बताएका थिए ।