‘बिग बोस १४’ मा सलमान खानले आफ्नो विवाहको बारेमा गरे यस्तो खुलासा

‘बिग बोस १४’ मा सलमान खानले आफ्नो विवाहको बारेमा गरे यस्तो खुलासा

बिग बोस १४ को पहिलो हप्ताको अन्त्यमा सलमान खानले ‘विकेण्ड वार’ को होस्ट गरे । जसमा सलमान खानले बिग बोसको घरमा बसेकाहरुको क्लास लिए । उनले मस्ती मजाक पनि गरे । साथै, उनले बिग बोसको घरमा रहेकी निक्की तंबोलीसँग अलि बढी झुकाव समेत देखाए । 

सलमान खानले बिग बोसको घरमा रहेका सदस्यहरुसँग मजाक पनि गरे । उनले सिद्धार्थ शुक्लालाई जिस्क्याउँदै उनी छिट्टै विवाह गर्दैछन् भनेपछि हिना खानले सोधिन्, ‘केटी को हुन् ? र विवाह कहाँ गर्दैछन् ?’

सलमान खानले सिद्धार्थको विवाह बालिका वधूमा उनको विवाह हुँदैछ । उनको जवाफमा हिना खानले आफू सिद्धार्थको विवाह हुने खबरले आफू निकै रोमाञ्चित भएको र कपडा बनाउने र नाँच्ने सम्मको सपना बुनेको बताउँदै हिनाले सलमानलाई विवाह गर्न आग्रह गरिन् ।

हिनालाई जवाफ दिँदै सलमानले आफ्नो विवाह गर्ने उमेर बितिसकेको बताए । उनले झन्झट मान्दै जसको विवाहको कुरा आए पनि आफ्नो विवाहको बारेमा सोधिने प्रश्नले वाक्क भएको समेत बताए । यस्तैमा, सलमानले स्क्रिनमा एउटा क्लिप देखाउँदै सन् २०११ सम्म उनी केटी हेर्न जाने गरेको खुलाए ।