फ्रान्समा लकडाउनको तयारी शुरु

फ्रान्समा लकडाउनको तयारी शुरु

 फ्रान्समा फेरि लकडाउनको तयारी थालिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पुनः लकडाउनको तयारी थालिएको हो ।

तीन हप्तामा तीन लाख भन्दा धेरै संक्रमित देखा परेपछि सरकारले फेरि लकडाउन गर्न लागेको बताइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले होटल, रेष्टुरेण्ट र बार बन्द गर्न निर्देशन दिएको छ ।

त्यस्तै १ लाख ८२८ जना संक्रमण मुक्त भएका छन् भने ६लाख ९ हजार ८७२ जना उपचाररत छन् । त्यस्तै १ हजार ४४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।