थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव हुने

थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव हुने

धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर १६ मा रहेको थारु होमस्टे गाउँ भादामा होमस्टे महोत्सव हुने भएको छ । अग्रेजी नया बर्षको अवसर पारेर आयोजना हुने महोत्सवमा थारु संस्कृतिको जगेर्ना संसगै पर्यटन प्रवद्र्धन गरी सम्बृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ । 

भादा पर्यटन विकास तथा ब्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर १६ का अध्यक्ष लक्ष्मीनारायण चौधरीले थारु संस्कृतिको प्रचार संगै पर्यटन प्रवद्र्धनका लागि हरेक बर्ष महोत्सव आयोजना गर्ने गरिएको बताउनुभयो । 

भादाका स्थानीयलाई स्वरोजगार बनाउने लक्ष्य समेत महोत्सवको रहको उहाँको भनाई छ । महोत्सवमा थारु परिकारका साथै थारु नाचहरुको प्रदर्शनी संगै स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।