नेपाल-भारत पश्चिमी सिमानाका गड्डाचौकीमा ‘नेपाल गेट’ बन्ने

नेपाल-भारत पश्चिमी सिमानाका गड्डाचौकीमा ‘नेपाल गेट’ बन्ने

कंचनपुर । नेपालभारत सिमा जोडिएको कंचनपुर को पश्चिमी सिमानाका गड्डाचौकीमा ‘नेपाल गेट’ निर्माण हुने भएको छ । भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालयसिंह ऐरका अनुसार दुई पास भएको गेट निर्माणका लागि अस्मिता बिल्ड्रर्स प्रालिसँग ६२ लाख लागतमा सम्झौता भएको बताए ।

उक्त गेटमा नेपालको नक्सा, बुद्धको मूर्तिलगायत नेपाली भूगोल, लोकसंस्कृति झल्किने प्रतीक राखिने गरि डिजाइन गरिएको छ। आउँदो माघ मसान्त सम्ममा गेट निर्माण कार्य सम्पन्न हुने ई.ऐरले बताएका छन। भारत-नेपाल सिमानाका गड्डाचौकीको नेपाल प्रवेशद्वारमा गेट निर्माण कार्यको परिकल्पना जनभावना अनुरुप भएको भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताएका छ्न । 

विदेशी पाहुनाहरु उक्त गेट हुँदै नेपाल प्रवेश गर्दा गेटबाट नेपालका राष्ट्रिय प्रतीकहरुको ज्ञान हुने  र गौतम बुद्ध जन्मेको देश भनेर अनुभूति हुने मेयर बिष्टले बताए ।

‘गेटले पूर्ण नेपालीपनको झल्को दिन्छ,’ ‘मेयर विष्टले भने, ‘उक्त गेट स्वदेशीको स्वाभिमान र विदेशीको स्वागत एवं बिदाइ गर्ने गेट हुनेछ ।’ भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ मा ‘नेपाल गेट’ निर्माण गर्ने भएको हो ।