भारतमा तीन जनालाई संक्रमण दोहोरियो, विश्वभर अहिलेसम्म २४ जना पुनस् संक्रमित

भारतमा तीन जनालाई संक्रमण दोहोरियो, विश्वभर अहिलेसम्म २४ जना पुनस् संक्रमित

 विश्वभर कोरोना महामारीले १० लाख भन्दा बढीको ज्यान लिएको र विश्वभर अहिलेसम्म ३ करोड ८० लाखभन्दा बढी जना संक्रमित भएको अवस्थामा एक पटक संक्रमित भएकालाई फेरी संक्रमणको केस देखिएको छ ।

छिमेकी मुलुक भारतमा अहिलेसम्म तीन जनालाई पुनस् संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालय र भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदले भारतमा अहिलेसम्म ३ जनालाई पुनस् संक्रमण भएको जानकारी दिएको छ ।

भारतमा मुम्बईका २ जना र अहमदावादमा एक जनालाई पुनस् कोरोना संक्रमण भएको बताइएको छ । परिषदले कोरोना संक्रमण भएको ९० या सय दिनपछि फेरी संक्रमण भएको जानकारी दिएको छ । 

त्यस्तै विश्वभर अहिलेसम्म २४ जनालाई पुनस् संक्रमण भएको बताइएको छ । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अहिलेसम्म विश्वभर २४ जनालाई पुनस् कोरोना संक्रमण पुष्टि भएको बताएको छ । एक पटक संक्रमण भएर ठिक भएको सय दिनको हाराहारीमा पुनस् संक्रमण देखिएको बताइएपनि डब्लुएचओले यस बारेमा स्पष्ट गरेको छैन ।