मोटरसाईकल दुर्घटनामा परी धनगढीका २ जना घाईते, माया मेट्रो अस्पतालमा उपचार हुदै

मोटरसाईकल दुर्घटनामा परी धनगढीका २ जना घाईते, माया मेट्रो अस्पतालमा उपचार हुदै

धनगढीः धनगढीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ स्थित भन्सार–फाप्ला–चटकपुर–राजपुर रिङ रोडमा सुपप्र ०२०३ प २३००२ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जना घाईते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २९ वर्षीय विष्णु मगराती र पछाडी सवारी सोही ठाउँका ३० वर्षीय राजकुमार अछामी घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

विष्टका अनुसार चालक समेत रहेका मगरातीको हातखुट्टा र शरिरमा चोट छ भने अर्का घाईते अछामीको हातखुट्टामा चोट लागेको छ। उनीहरु दुवै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।