चाडपर्वमा अपराधका घटना बढ्न सक्ने भन्दै प्रभावकारी सुरक्षा रणनीति बनाउन निर्देशन

चाडपर्वमा अपराधका घटना बढ्न सक्ने भन्दै प्रभावकारी सुरक्षा रणनीति बनाउन निर्देशन

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरस महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक असरका कारण आसन्न चाडपर्वमा अपराधका घटना बढ्न सक्ने भन्दै प्रभावकारी सुरक्षा रणनीति बनाउन निर्देशन दिनुभएको छ । प्रदेश–१ अन्तर्गत प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई मङ्गलबार भर्चुअल प्रविधिबाट सम्बोधन गर्दै उहाँले समाजमा नयाँ शैलीमा अपराधका घटना बढ्न थालेकाले त्यसलाई रोक्ने गरी सुरक्षा योजना र आवश्यक रणनीति बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
‘कोभिड–१९ महामारीका कारण अपराध नियन्त्रणमा नयाँ चुनौती थपिएका छन्’ उहाँले भन्नुभयो, ‘‘जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिले पुग्दैन, यसलाई परिमार्जन गरी उच्च स्तरको सुरक्षा योजना र रणनीति बनाउन जरुरी छ ।’’
पछिल्लो समय लैङ्गिक हिंसा, महिला तथा बालबालिकामाथि करणी र बलात्कारका घटना अपत्यारिलो ढङ्गले बढेको उल्लेख गर्दै उहाँले यस्ता घटना हुन नदिन पूर्वतयारीका साथै राज्यका सुरक्षा निकाय चनाखो र संवेदनशील हुनुपर्नेमा
जोड दिनुभएको गृहमन्त्रीको सचिवालयले
जनाएको छ ।