जग्गा किन्न भन्दै गएकाहरुले नै जग्गा देखाउनेको ज्यान लिएपछि ?

जग्गा किन्न भन्दै गएकाहरुले नै जग्गा देखाउनेको ज्यान लिएपछि ?

भक्तपुर । भक्तपुरमा जग्गा किन्न भन्दै गएकाहरुले जग्गा देखाउनेको ज्यान लिएका छन् । उनीहरुले जग्गा देखाउनेले लगाएको घडी, मोवाइल समेत लिएर गएका थिए । घटना भएको एक साता पछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरेको हो ।

सोमबार सिन्धुपाल्चोकका ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, २३ वर्षीय रमेश तामाङ र २७ वर्षीय प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूले गत बुधबार चाँगुनारायण नगरपालिका ८ सुँडालका ६१ वर्षीय चन्द्रकुमार योन्जनको ज्यान लिएका थिए । जग्गा खोज्न भन्दै गएका उनीहरुले जग्गा देखाउन हिँडेका सुँडालको वाटोमै ज्यान लिएका हुन् । गम्भिर घाइते बनाएर उनीहरुले सुनको ब्रासलेट तथा मोबाइल समेत लुटेर लगेका थिए ।

गम्भिर घाइते योन्जनको उपचारको क्रममा बिहीबार बिहान काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा निधन भएको थियो। महाशाखाका अनुसार शेर्पाले योन्जनसँग पैसा लिन बाँकी थियो।

रकम दिन आनाकानी गरेको हुँदा शेर्पाले चन्द्र बहादुर योञ्जनलाई कु टे र भएपनि पैसा लिन खोजेका थिए । त्यसका लागि उनले अरु दुई जनाको सहयोग लिएका हुन् ।