अहो! यत्र तत्र सर्बत्र मात्रै दलाल भेट्टिन्छन।
तिमीले गर्ने हरेक काममा सवाल भेट्टिन्छन।
सडकका सहयात्री सडकमै बेवारिसे देख्छु,
बाँकी भजन मण्डली माला-माल भेट्टिन्छन।
संघर्षमा साथ दिने पो आफ्ना हुन्छन मित्र,
शिखरमा नाच्नेहरू फाला-फाल भेट्टिन्छन।
जीवनमा शुभचिन्तक पाउन मुस्किल हुन्छ,
करारका कर्मचारी खोजे हरसाल भेट्टिन्छन।
समयले सबैको हिसाब दुरुस्त राख्ने छ हेर्नू,
स्वार्थ निहित मित्रहरूका के हाल भेट्टिन्छन।