टाढाबाट हेर्नुस गतिविधि गद्दार जस्तो देखिन्छ

टाढाबाट हेर्नुस गतिविधि गद्दार जस्तो देखिन्छ

टाढाबाट हेर्नुस गतिविधि गद्दार जस्तो देखिन्छ।
समिपबाट नियाल्दा यो सरकार जस्तो देखिन्छ।

प्रसंसा सुनेर आफ्नो यति धेरै परिवर्तन भएछौ,
आलोचना त तिम्रालागी तरवार जस्तो देखिन्छ।

सहिदको रगतले सराप्ला अनुहार चाउरिदा हेर,
तिम्रो अनुहार चम्केको बार बार जस्तो देखिन्छ।

न्यायको व्यापार हुने त अदालत छ मेरो देशमा,
पैसा आउँछ भने फैसला तयार जस्तो देखिन्छ।

पैसा पद र पावर सधैं मेरै हुनेछ सम्झिन्छौ र पो,
तिमीलाई अब यहीँ सारा संसार जस्तो देखिन्छ।

ऊ सुबिधा भन्दै मस्ती गरी बसेको छ आनन्दले,
मलाई किन किन त्यो भ्रष्टाचार जस्तो देखिन्छ।