सधै केरा खानु स्वास्थ्यवर्दकः यस्ता छन् ५ फाइदा जसले सधै तपाईको स्वास्थ्य तन्दुरुस्त बनाई राख्छ !

सधै केरा खानु स्वास्थ्यवर्दकः यस्ता छन्  ५ फाइदा जसले सधै तपाईको स्वास्थ्य तन्दुरुस्त बनाई राख्छ !

हड्डी बलियो

 

हामीले खाएको नुनिलोयुक्त पोषणबाट हुने खराब प्रभावसँग जुधेर हड्डी कमजोर हुनबाट बचाउन केरा एउटा महत्वपूर्ण फल भएको युनिर्भसिटी अफ क्यालिफोर्नियाका प्राध्यापक डिबोराह सेलमेयर बताउँछन् । केरा खाँदा महिलाको हड्डी बलियो हुने सेलमेयरको भनाइ छ ।

डिप्रेसनबाट मुक्त

डिप्रेसनबाट पीडित बनेका अधिकांशले आफूलाई केरा खाएपछि धेरै राम्रो हुने गरेको बताएका थिए । यसको एउटै कारण छ, केरामा ट्राइपटोफान नामक एक प्रकारको प्रोटिन हुन्छ । त्यसलाई हाम्रो शरीरले सेरोटोनिनमा बदलिदिन्छ । सेरोटोनिनले हामीलाई खुसी बनाउने र मुड सुधार ल्याउँछ अनि डिप्रेसनबाट धेरै हदैसम्म मुक्ति दिलाउँछ । तसर्थ, केरा र खुसीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ ।

पीएमएस
मासिक धर्मअगाडि पेट दुख्ने र निराश हुने समस्याबाट आजित हुनुहुन्छ भने पिल्स होइन बरु एउटा केरा खानुहोस् । केरामा हुने भिटामिन बी ६ ले ब्लड ग्लुकोजको तहलाई नियन्त्रण गर्छ । तपाईंको मुड सकारात्मक बन्छ ।

एनेमिया
उच्च आइरनयुक्त केराले शरीरमा हेमोग्लोबिनको उत्पादनमा वृद्धि गर्ने र एनेमियाको समस्याबाट मुक्त बनाउँछ ।

रक्तचापको समाधान
उष्ण प्रदेशमा अत्यधिक पाइने केरामा पोटासको मात्र अत्यधिक भए पनि नुनको मात्रा भने न्यून हुन्छ । त्यसका कारण उच्च रक्तचापको समस्या समाधान गर्न सघाउँछ । अमेरिकाको खाद्य तथा औषधि प्रशासनले केरामा उच्च रक्तचाप र स्ट्रोकको समस्या घटाउने क्षमता हुने जनाएको छ ।