कपालमा तेल लगाउँदा फाइदै फाइदा

कपालमा तेल लगाउँदा फाइदै फाइदा

दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ ।

टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ । सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ ।

नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ ।

दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ । यसले कपालको चाँया हटाउन मद्दत गर्छ ।

सुख्खा कपालका लागि तेल निकै उपयोगी हुन्छ । राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्छ ।