कोरोना भाइरसबाट दोहोरिएर संक्रमित भइरहेको पुष्टि, एकको मृत्यु

कोरोना भाइरसबाट दोहोरिएर संक्रमित भइरहेको पुष्टि, एकको मृत्यु

एक पटक कोरोना भाइरस संक्रमण भएपछि ब्यक्तीको शरीरमा त्योसँग लड्ने एन्टिबडी उत्पन्न हुन्छ र उनलाई पुन संक्रमण हुनबाट रोक्छ भन्ने धारणा बनेको छ । उनीहरुको मद्दतले अरुलाई पनि इन्फेक्सनको खतराबाट बचाउन सक्छ ।

तर हाल केही ठाँउमा कोरोनाका विरामीमा पुन संक्रमण देखिएको समाचार आइरहेको छ । यसबीच ८९ बर्षकी एक डच मुलकी महिला पुन संक्रमणबाट मृत्यु भएको छ । यो यस प्रकारको पहिलो घटना भएको बताइएको छ ।

मृतक महिलाको क्यान्सर उपचार भइरहेको थियो । दुई महिना भित्रै उनलाई भाइरसको फरक फरक स्ट्रेनबाट संक्रमण भएको समाचारमा उल्लेख गरिएको छ । यद्यपी दुबै संक्रमण बीच ती महिलामा कोरोना भाइरस नेगेटिव भने आएको थिएन ।

पहिलो पटक पोजिटिव देखिएर लक्षण समाप्त भएपछि उनी घर फर्केकी थिइन् ।  ५९ दिनपछि उनी क्यान्सर उपचारका लागि किमोथेररापी शुरु गरिएको दुई दिन पछि नै पुन लक्षणहरु सहित संक्रमण देखिएको थियो । क्यान्सरको उपचारका क्रममा उनको इम्युन सिस्टम कमजोर भएको बताइएको छ ।

पुन एक पटक कोरोना पोजिटिव देखिएको तीन हप्तापछि उनको मृत्यु भएको हो । उनको रिपोर्ट लेख्ने डाक्टरले उनको दुबै स्याम्पलमा भाइरसको फरक फरक स्ट्रेन देखिएको उल्लेख गरेका छन् । त्यसैले नै उनी पुन सक्रमण भएको दावी गरिएको हो ।

यसैबीच अमेरिकाको नवादा विश्वविद्यालयको शोधमा एक २५ बर्षिय पुरुष ४८ दिन भित्रै दुई कोरोना भाइरसको फरक फरक भेरिएन्ट संक्रमित भएको पत्ता लागेको छ । पहिलो स्ट्रेनको भाइरस संक्रमित भएको केही समयपछि उनको कोरोना रिपोर्ट नेगेटिव आएको थियो ।

त्यसपछि उनलाई अस्पतालबाट डिस्चार्ज पनि दिइएको थियो तर पछि फेरी कोरोनाको अर्को भेरियन्टबाट उनी संक्रमित भएको भेटियो । उक्त अनुसन्धानमा विरामी दास्रो पटकको कोरोना भाइरस संक्रमित हुँदा उनको स्थिति पहिलको तुलनामा धेरै खराब थियो । त्यसैले उनलाई अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएको बताइएको छ ।