आईपीएलमा दिल्ली र राजस्थान खेल्दै, कसले मार्ला बाजी ?

आईपीएलमा दिल्ली र राजस्थान खेल्दै, कसले मार्ला बाजी ?

आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी दिल्ली र राजस्थान आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् ।

दिल्ली र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे हुनेछ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेलमा दिल्ली छैठौँ जित हात पार्दै शीर्ष स्थानमा पुग्ने दाउमा छ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।

दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ७ खेलमा बेञ्चमा राखेको थियो । बलियो टिम राजस्थानविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।

स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान चौंथो जितको खोजीमा हुनेछ । राजस्थान ७ खेलमा ६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

दिल्लीलाई हराएर राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसअघिको भेटमा दिल्लीले राजस्थानलाई ४६ रनले हराएको थियो ।