धनगढीका सरकारी कार्यालय कोरोनालाई चुनौती दिदैं, सेवाग्राही उच्च जोखिममा

धनगढीका सरकारी कार्यालय कोरोनालाई चुनौती दिदैं, सेवाग्राही उच्च जोखिममा

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएपनि यहाँका सरकारी कार्यालयमा भने नागरिकको भिड उस्तै देख्न सकिन्छ । नेपाल सहित धनगढीमा दिनप्रति दिन कोरोना संक्रमण दर बढ्दै गएपनि सरकारी कार्यालयहरुले सामान्य सुरक्षा सतर्कता समेत अपनाएका छैनन् ।

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट धनगढीको आन्तरिक राजस्व कार्यालय पुगेका नागरिकहरु कोरोना संक्रमणको जोखिममा छन । उनीहरुले विभिन्न पहाडी जिल्लाबाट जोखिम मोल्दै आएको र यता पनि उस्तै जोखिम मोल्नु पर्ने अवस्था सृजना भएको बताएका छन ।

अछामबाट किराना पसलको राजश्व तिर्न धनगढी पुगेका नरेन्द्र बोगटीले यो महामारीको समयमा पनि घण्टौ सम्म लाईनमा बसेर राजश्व तिर्न पर्ने बाध्यता रहेको बताए । उनले सयौं नागरिकहरुको संख्यामा लामो समय सम्म लाईनमा बसेर पालो पर्खदा कोरोना संक्रमण हुने सक्ने बताए । सामाजिक दुरीको समेत पालना भएको देखिदैंन भने कतिपय नागरिक सेनिटाईजर समेत प्रयोग गर्दैनन् ।

राजश्व कार्यालयमा मात्रै नभएर धनगढीको यातायात, मालपोत लगायतका कार्यालयमा समेत नागकिहरुको भिडभाड देख्न सकिन्छ । सरकारी कार्यालयमै समेत सुरक्षाका मापदण्ड पालना नहुदाँ सेवाग्राही कोरोना संक्रमण हुने होकी भन्ने चिन्तामा छन ।

उनीहरुले यो महामारीको समयमा कुनै एकजना व्यक्तिमा कोरोना देखिए सबै जनामा सर्न सक्ने सम्भावना बढेको बताएका छन । कतिपय सरकारी कार्यालयले सुरक्षा सम्बन्धि मापदण्डका नियम समेत पालना गरेको छैनन् ।