नआउ नजिक मेरो आँचल बिग्रीएला

धर्मानन्द भट्ट    

नआउ नजिक मेरो आँचल बिग्रीएला

नआउ नजिक मेरो आँचल बिग्रीएला।
आँसु नझार्नु प्रिया  गाँजल बिग्रीएला।

कुरा बुझिन्छ दिलको हेरि मुहार तिम्रो,
बोल्नु हुँदैन ज्यादै छलफल बिग्रीएला।

भेट्नु हुँदैन फेरि छुट्नु त अवश्य पर्छ,
आएर याद मनमा पल-पल बिग्रीएला।

जुर्नेछ मौका मिलनको एकबार पक्का,
तिमीले जिद्दी नगर्नु कर बल बिग्रीएला।

गर्नु छ यार दोस्ती भने मन बिगार्नु हुन्न,
जवर्जस्ती हुँदैन कहिले हल बिग्रीएला।



बिहिबार २९, असोज २०७७ ११:१४ मा प्रकाशित

#आँचल #गाँजल

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस