कालीदेवि हत्या प्रकरण:घरायसी विवादका कारण देवरद्वारा हत्या

कालीदेवि हत्या प्रकरण:घरायसी विवादका कारण देवरद्वारा हत्या

असोज २९, कंचनपुर । घरायसी विवादका कारण कालीदेवि खुनाको हत्या गरि खाल्डोमा पुरेको उनका देवर मानसिंह खुनाले स्वीकार गरेको प्रहरीले जनाएको छ । कंचनपुरको शुक्लफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैँया शिविरकी कालीदेवी खुनाको हत्यामा उनकै देबरको संलग्नता रहेको भन्दै देवरलाई पक्राउ गरिएको थियो ।  
मंगलवार दिउँसो खोलामा माछा मार्न गएकी खुनाको शव बुधवार स्थानीय गौडी खोला किनारमा पुरिएको अवस्थामा भेटिएको थियो ।
 मृतक खुनका एक छोरा र एक छोरी गरि दुई सन्तान रहेका छन । उनका श्रीमान महेन्द्रनगर बजारमा काम गर्दै आएको जनाइएको छ ।

कालीदेवीसंगै उनका छोरा र देबर मानसिंह खुना पनि खोलामा माछा मार्न गएका थिए । खोलामा माछा मार्न गएकी कालीदेवी घर नफर्केपछि स्थानीय र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा  कालिदेवीको शव गाडेको अवस्थामा फेला परेको थियो ।

कंचनपुर प्रहरी कार्यालयका प्रवक्ता अमर बहादुर थापाका अनुसार कालीदेविका देबरले अपराध स्विकारेको बताए। प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट घटना उनकै संलग्नता देखिएको र अनुसन्धान गर्दै जादा उनले अपराध स्वीकार गरेको समेत डिसपी थापाले बताए । डिएसपी थापाले भने, ‘घरायसी विवादले घटना भएको देखिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।’
आरोपी मानसिंहलाई अहिले जिल्ला प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखिएको छ भने घटनामा देवरसंगै अरुको पनि संलग्नता हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।