रोगसँग लड्ने क्षमता बढाउन के गर्ने? अपनाउनुस् यी पाँच टिप्स

रोगसँग लड्ने क्षमता बढाउन के गर्ने? अपनाउनुस् यी पाँच टिप्स

मानिस स्वस्थ रहनु आवश्यक हुन्छ। स्वस्थ रहेमात्र मानिसले आफ्ना कार्यलाई चुस्त र सही तरिकाले गर्न सक्छ। स्ट्रेस र तनावका कारण मानिसको जीवनमा निकै असर पर्ने गरेको छ। 

केही मानिसहरू आजको समयको माग भनेर त्यसलाई अपनाउने गरेका छन् र बिरामीलाई अंगाल्ने गरेका छन्। तर, मानिसले आफ्नो दैनिक जीवनलाई जसरी राख्छ आफ्नो स्वास्थ्य पनि त्यस्तै हुन्छ।

त्यसैले आफूलाई सकेसम्म स्वस्थ राख्न र रोगको प्रतिरोधी क्षमतालाई बृद्धि गर्नका लागि विभिन्न उपायहरू अपनाउन सकिन्छ। ती मध्ये केही यस्ता छन्ः

डाइट प्लान

​स्वस्थ र फिट रहनका लागि डाइट सही हुनु आवश्यक हुन्छ। हाम्रो शरीरको बनावट डाइटमा निर्भर रहन्छ। शरीरलाई फिट राख्नका लागि पौष्टिक खाना खानु आवश्यक हुन्छ। यदी मानिसले आफ्नो लाइफस्टाइल परिवर्तन गर्ने सोच बनाउँछ भने पहिले आफ्नो खानपानमा ध्यान दिनु जरूरी हुन्छ। डाइटमा प्रयोग गर्ने चीजहरूले मानिसको रोग प्रतिरोधी क्षमतालाई बृद्धि गर्छ। 

राम्रो निन्द्रा

हाम्रो शरिरमा सुतेको बेलामा हर्मोनको उत्पादन निकै धेरै हुने गर्छ, त्यसैले तनावलाई कम गर्नका लागि आवश्यक मात्रामा निदाउनु जरूरी हुन्छ। मानिस जति सुत्छ, उति नै तनावबाट छुटकारा पाउन सफल हुन्छ। यदी मानिस दैनिक ७ घण्टा भन्दा कम सुत्छ भने मानिसको प्रतिरोधी क्षमता कमजोर हुन्छ र शरिरमा रोगले चाँडै आक्रमण गर्न सक्छ।

दैनिक व्यायाम

आफूलाई एक्टिभ र तन्दुरुस्त राख्नका लागि दैनिक व्यायाम गर्नुपर्छ। व्यायाम गर्नाले मानिसको ब्लड सर्कुलेसन, इम्युन सिस्टमको कार्यलाई सही तरिकाले काम गर्न मद्दत गर्छ। यसका साथै, एक्सरसाइज गर्नाले मानिसको शरिरमा हर्मोनको उत्पादन सही ढंगले हुन्छ। यसले मानिसको ब्लड प्रेसर र मुड सही रहन्छ र मानिस दिनभर एक्टिभ रहन्छ।

तनावको कमी

हाम्रो शरीरलाई सबैभन्दा बढि प्रभावित गर्ने चीज हो स्ट्रेस अर्थात् तनाव। तनाव बढ्नाले शारीरिक, सामाजिक र मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुन्छ। तनाव कम गर्नका लागि दैनिक बिहान १५ मिनेटसम्म मेडिटेशन गर्ने र व्यायाम गर्नुपर्छ। तनावलाई कम गर्नका लागि कुनै न कुनै खेल खेल्नु राम्रो हुन्छ। तनावलाई कम गर्नका लागि खेलको विषेश महत्व हुन्छ।

हास्ने र हसाउने

जीवनको जुनसुकै अवस्थामा पनि कहिल्यै निराश नहुनुस्। आफूलाई फिट र स्वस्थ राख्नका लागि सकेसम्म धेरै हाँस्नुस्, हाँसोले तनावको स्तर कम हुन्छ र शरीरको प्रतिरोधी क्षमताको बृद्धि हुन्छ।