भारतमा सात महिना पछि खुले सिनेमा हल र स्विमिङ पूल

भारतमा सात महिना पछि खुले सिनेमा हल र स्विमिङ पूल

भारतमा आजबाट सिनेमा हल र स्विमिङ पूल खुलेका छन् । कोरोना भाइरसका कारण बन्द भएका सिनेमा हल र स्विमिङ पूल आजबाट खोलिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

करिव ७ महिना पछि सिनेमाघर, मल्प्लिेक्स, स्विमिङ पूल र मनोरञ्जन पार्क सञ्चालनमा आएका हुन् । यसका लागि भने भारत सरकारले छुट्टै नियम बनाएको छ । सिनेमा हलमा एक सीट खाली राखेर मात्रै दर्शकहरु राख्न पाइनेछ ।

जम्मा ५० प्रतिशत मात्रै दर्शकहरु फिल्म हलमा राख्ने गरि नियम बनाइएको छ ।