‘मानसिक समस्या’ भन्दै १८ महिनासम्म श्रीमतीलाई ट्वाइलेटमा थुन्ने पक्राउ

‘मानसिक समस्या’ भन्दै १८ महिनासम्म श्रीमतीलाई ट्वाइलेटमा थुन्ने पक्राउ

जब महिला हिंसाको कुरा आउँछ, तब भारतका सर्वाधिक खराब तीन राज्यमा हरियाणाको नाम पर्छ । भारतको राष्ट्रिय अपराध तथ्याङ्क ब्युरो ९एसिआरबी० को तथ्याङ्कले यस्तै भन्छ । 

२०१९ को सरकारी आँकडाअनुसार यस राज्यमा प्रति १ लाख जनसंख्यामा १ सय ८ दशमलव ५ को दरले महिलाविरुद्धको अपराध घटेको थियो । आसाम र राजस्थान पनि महिला हिंसाका कारण बद्नाम छन् । 

हरियाणामा महिला हिंसाको दर्दनाकउदाहरण बुधबार फेला परेको छ । ३५ वर्षीया एक भारतीय गृहिणीलाई उनका श्रीमान्ले १ वर्ष ६ महिनाभन्दा लामो समयदेखि ट्वाइटलेटमा थुनेर यातना दिएका रहेछन्, यी महिलालाई बुधबार प्रहरीले उद्धार ग¥यो । 

श्रीमान्ले आफ्नी श्रीमती मानसिक रुपमा अस्थिर रहेको दाबी गरेका छन्, यद्यपी उद्धारकर्ताहरुले यसलाई अस्विकार गरे । यी महिलाका श्रीमान् नरेशले धेरैपटक डाक्टरलाई देखाउँदा पनि स्वास्थमा सुधार नआउपछि कठोर कदम चाल्न बाध्य भएको बयान प्रहरीमा दिएका छन् । बयानअनुसार उनले दिएका कुनै पनि निर्देशनहरु श्रीमतीले मान्ने गर्दिनन् । 

सोनाली प्रहरी चौकीका प्रमुख सुरेन्द्रर दहियाले घरेलु हिंसाअन्तर्गत मुद्दा दर्ता गरिएको बताए । यो जोडी १७ वर्षअघि विवाह बन्धनमा बाँधिएको थियो, उनीहरुका तीन छोराछोरी छन् ।