मृतक भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि जीवित भेटिए

मृतक भनेर फ्रिजर बक्समा राखेका वृद्ध २० घण्टापछि जीवित भेटिए

भारत तमिलनाडु राज्यको राजधानी चेन्नईमा मृत घोषणा गरेर २० घण्टा फ्रिजर बक्समा राखिएका एक वृद्ध जीवित भेटिएका छन्।

७३ वर्षीय ती वृद्धलाई आफन्तले मृत्यु भएको भनेर फ्रिजर बक्समा राखेका थिए। बक्समा राखेको २० घण्टापछि खोलेर हेर्दा सास फेरिरहेको पाइएपछि उनलाई अस्पताल लगिएको छ।

डाक्टरहरुले चमत्कार भएको बताउँदै उपचार सुरु गरेका छन्। उनको अवस्था अहिले सुधारोन्मुख रहेको बताइएको छ। ७३ वर्षीय बालासुव्रमण्य आफ्ना ७० वर्षे भाइसँग बस्थे। सोमबार उनी बेहोस भएका थिए। भाइले भने उनको मृत्यु भएको ठाने र शव राख्ने फ्रिजर बक्स मगाए।

बक्समा राखेको २० घण्टापछि बल्ल थाहा भयो– उनका दाइ त जिउँदै रहेछन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।