दार्चुलामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुलामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

आज दार्चुलामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो । डडेल्धुरा अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ४० जनाको कोरोना परिक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा दार्चुलाको महाकाली नगरपालिकाका ३८ जना रहेका छन् ।