नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले पदभार

नवनियुक्त अर्थमन्त्री पौडेलले सम्हाले पदभार

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले आफ्नाे कार्यभार सम्हालेका छन्। आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाैडेललाई अर्थ मन्त्रालयकाे जिम्मेवारी दिएका थिए। पाैडेलसँगै नवनियुक्त मन्त्रीहरुले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका पाैडेलले दाेस्राेपटक अर्थ मन्त्रालयकाे नेतृत्व गर्ने अवसर पाएका हुन्।